आज आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) को प्रस्तावित लाभांश सुरक्षित गर्न अन्तिम दिन हो। कम्पनीले आफ्नो ११औं वार्षिक साधारणसभा पुस २९, २०८१ मा वेस्टर्न एसियन होटल, बुटवल, रुपन्देहीमा बिहान ९:३० बजेका लागि बोलाएको छ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ का नाफाबाट १०% लाभांश पारित गर्ने एजेन्डा समावेश छ, जसमा ९.५% बोनस सेयर र ०.५% नगद लाभांश (करसहित) समावेश छन्। यो लाभांश कम्पनीको रु. ९४.४३ करोड चुक्ता पूँजीको आधारमा प्रस्ताव गरिएको हो। लाभांश वितरणको निर्णय कात्तिक १ मा सम्पन्न सञ्चालक समितिको १६१औं बैठकमा गरिएको थियो।
बुक क्लोज मिति पुस ११ तोकिएको छ। तसर्थ, आजसम्म सेयरधनी रहेका व्यक्तिहरूले लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।