महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले पुस ९, २०८१ मा ४,७५,४४९.१५ एफपीओ सेयरको निष्काशन बन्द गर्दैछ। प्रति सेयर अंकित मूल्य रु. १०० मा जारी गरिएको यो एफपीओ पुस ५, २०८१ देखि सुरु भएको थियो।
यो निष्काशन बैंक तथा वित्तीय संस्था ऐन, २०७३ र नेपाल राष्ट्र बैंकका नियमावलीअनुसार, जारी पूँजीको कम्तीमा ३०% सार्वजनिक सेयरधनीको स्वामित्वमा रहनुपर्ने प्रावधान पूरा गर्न गरिएको हो। हाल १९.६८% रहेको सार्वजनिक सेयरधनीको स्वामित्वलाई ३०% मा पुर्याउन कम्पनीले ४,७५,४४९.१५ एफपीओ सेयर सार्वजनिकलाई प्रस्ताव गरेको हो।