नगदी ग्रुप पावर लिमिटेड (एनजिपीएल) द्वारा १००% हकप्रद शेयर जारी गर्ने, पौष २३ देखि माघ १४, २०८१ सम्म

नगदी ग्रुप पावर लिमिटेड (एनजिपीएल) ले १००% हकप्रद शेयर जारी गर्ने प्रस्ताव पत्र प्रकाशित गरेको छ। कम्पनीले हकप्रद शेयरको आवेदन पौष २३ देखि माघ १४, २०८१ सम्म खुला गर्नेछ। यो हकप्रद शेयर १:१ अनुपातमा जारी हुनेछ, जसअनुसार प्रत्येक शेयरधनीले आफूसँग भएको प्रत्येक शेयरको लागि एक अतिरिक्त शेयर आवेदन दिन सक्नेछन्।

यस हकप्रद शेयरमा १८,५१२,७९२ इकाइ मार्फत १.८५ अर्ब रुपैयाँ बराबरको शेयर जारी गरी हालको चुक्ता पूँजी १.८५ अर्ब रुपैयाँबाट बढाएर ३.७ अर्ब रुपैयाँ पुर्‍याउने योजना रहेको छ। यस हकप्रद शेयरको व्यवस्थापन सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ।

बुक क्लोज मिति मंसिर १८ रहेकोले सो मितिभन्दा अघि दर्ता भएका लगानीकर्ताले मात्र यस हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन्।

Scroll to Top